नियम
इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले पालन गर्नु पर्ने शर्तहरु

इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले देहाय बमोजिमका शर्तहरु पालन गर्नु पर्नेछ–
(क) जलयात्रामा जलायात्रीलाई लैजानु अघि जलयात्रामा जाने व्यक्तिको नाम, ठेगाना, मन्त्रालय वा मन्त्रालयले तोकेको निकायमा दर्ता गराउने,
(ख) जलयात्राको लागि खुला गरिएका नदी बाहेक अन्यत्र विदेशी पर्यटकलाई जलयात्रा नगराउने,
(ग) जलयात्रा व्यवसाय सञ्चालन गर्न मन्त्रालयद्वारा तोकिएका आचार संहिता पालन गर्नु पर्ने,
(घ) ऐन तथा नियमावली बमोजिम जलयात्रा व्यवसायीले पालन गर्नु पर्ने अन्य शर्तहरु पालन गर्ने ।